कर्णालीको विनियोजन विधेयक: यस्ता छन् बजेटका प्राथमिकता – Nepal Press

कर्णालीको विनियोजन विधेयक: यस्ता छन् बजेटका प्राथमिकता

सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले कर्णाली प्रदेशसभामा आर्थिक वर्ष २०८१÷०८२ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरेका छन् ।

मन्त्री केसीले शनिबार बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरेका हुन् ।

मन्त्री केसीले पेस गरेको प्रस्तावमाथि जेठ १३ र १४ गते छलफल हुनेछ ।

विधेयक अर्थतन्त्रमा देखिएको समस्या, जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पको प्रभाव, अस्थायी आवास तथा भौतिक संरचनाको पुनर्निर्माण, बजेट निर्माण गर्दा संविधानमा उल्लिखित लोकतान्त्रिक मूल्य मान्यता, समाजवादउन्मुख आर्थिक संरचना, समुन्नत, समतामूलक र समृद्ध कर्णालीको भावी तस्विरलाई सामुन्ने राखेर आर्थिक शिथिलताबाट उत्पन्न चुनौतीहरूको व्यवस्थापन तथा गरिबी, भोकमरी र बेरोजगारीको अन्त्यसहित भूकम्पबाट प्रभावितको पुनःस्थापनामा केन्द्रित रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर