वीरेन्द्रनगरमा महिला किसानहरुलाई मेसिनरी औजार वितरण – Nepal Press

वीरेन्द्रनगरमा महिला किसानहरुलाई मेसिनरी औजार वितरण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकामा ‘मेयरसँग महिला किसान’ कार्यक्रम अन्तर्गत महिला किसानहरुलाई मेसिनरी औजार वितरण गरिएको छ । महिलालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्यले शुक्रबार मेसिनरी औजार वितरण गरिएको हो ।

नगरभित्रका महिला किसानहरुलाई मेसिनरी औजार वितरण गरिएको वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

उनका अनुसार, नगरभित्रका ३९ जना महिलाहरुलाई उक्त औजारहरु वितरण गरिएको बताइन् । २८ जना महिलालाई मिनीटिलर र ११ जनालाई पावरटिलर वितरण गरिएको मेयर मोहनमाया ढकालले भनिन्, ‘आर्थिक विकासको महत्वपुर्ण आधार हो भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । विशेषगरी यो कार्यक्रम महिला दिदिबहिनीहरुलाई नै लक्षित गरेर ल्याइएको हो । रोजगारीका साथै कृषि उत्पादनमा वृद्धिसँगै आर्थिक वृद्धिदरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

वितरण गरिएका औजारहरु पाँच वर्षसम्म अन्त कतै दिन नपाईने मेयर ढकालले जानकारी दिइन् । उक्त औजारको पटक–पटक अनुगमन हुने र उपलब्धिको समीक्षा गर्ने उनको भनाइ छ ।

ढकालले यो परियोजना निकै महत्वकाँक्षी योजना भएको बताइन् । महिलाहरुलाई उत्पादन र रोजगारमा जोडेर आत्मनिर्भर बनाइने उनले बताइन् । महिलामैत्री नगर बनाउनका लागि ‘छोरीको लागि गर्वको नगर, महिलामैत्री नगर’ भन्ने नारा नै राखेर महिला आयआर्जन सम्बन्धि विभिन्न कार्यक्रमहरु ल्याउनुका साथै अटो सञ्चालन, अचार उत्पादन लगायतका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर