उत्कृष्ट बजेट आउँछ: मन्त्री चौधरी – Nepal Press

उत्कृष्ट बजेट आउँछ: मन्त्री चौधरी

कैलाली । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यस पटक उत्कृष्ट बजेट आउने बताएकी छन् ।

धनगढी विमानस्थलमा प्रेस चौतारी कैलालीले आयोजना गरेको कार्यक्रममा उनले बजेट तयारी हुँदै गरेको भन्दै धेरै नयाँ विषय समेटिएको उत्कृष्ट बजेट आउने बताएकी हुन् ।

‘अहिले बजेटको तयारी भइरहेको छ । धेरै नयाँ विषयमा समेटिएर बजेट बन्ने छ ’ उनले भनिन्, ‘सीमित बजेट सिलिङकाबीचमा हाम्रो मन्त्रालयबाट पनि धेरै नयाँ विषय समेटिने छ ।’

उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि सरकारले ध्यान दिएको बताइन् । उनका अनुसार बजेटमा छोरी आत्मनिर्भरता कार्यक्रम लागू हुने छ । सातै प्रदेशमा ज्येष्ठ नागरिक, अशक्त नागरिकहरूको लागि सरकारले बजेट तयार गर्ने छ ।

‘पालिका स्तरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सुरु हुने छ । ज्येष्ठ नागरिकहरू दिन भरि त्यहाँ गएर विभिन्न सेवा लिन सक्नु हुने छ ’ मन्त्री चौधरीले बताइन् ।

सडक बालबालिकाको व्यवस्थापनका लागि पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो । बाल सुधार गृहमामा भइरहेको विभिन्न घटनाहरू रोक्न र बाल सुधार गृहलाई अझै सुधार गर्ने विषयमा पनि सरकार लागेको मन्त्री चौधरीले जानकारी दिइन् ।

कञ्चनपुरको कार्यक्रममा सहभागी हुन हिजो साँझ आएकी मन्त्री चौधरी आज कञ्चनपुर र कैलालीका विभिन्न कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर