सिरोहियाको पक्षमा वकालत गर्न शम्भु थापा, दीपेन्द्र झासहितका वरिष्ठ अधिवक्ताको टोली धनुषा अदालतमा – Nepal Press

सिरोहियाको पक्षमा वकालत गर्न शम्भु थापा, दीपेन्द्र झासहितका वरिष्ठ अधिवक्ताको टोली धनुषा अदालतमा

जनकपुरधाम । नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा आज वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम आएका छन् ।

धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज प्रहरीले पुनः म्याद थप्न सिरोहियालाई अदालत ल्याएपछि उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम आएका हुन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सिताराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी, रमण कर्ण जिल्ला अदालततर्फ लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर