लुम्बिनीमा प्रधानमन्त्री: स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया – Nepal Press

लुम्बिनीमा प्रधानमन्त्री: स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

रूपन्देही । बुधबार लुम्बिनी आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्रीले बिहीबार बिहान लुम्बिनी परिसरको अवलोकन गरे।

उनले योग र ध्यानका लागि लुम्बिनी आएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गरेका छन् । लुम्बिनी क्षेत्रका स्थानीयले सबै कार्यक्रममा बाहिर पारिएको भन्दै गुनासो गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *