सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन (भिडिओ) – Nepal Press

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन (भिडिओ)

काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको बताए ।

महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको जिकिर गरेका छन् । जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरू हुने र रिले अनसन सुरू गर्ने बताए ।

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्ने केसीको भनाइ छ । आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको महासंघको जिकिर छ ।

उनीहरूले सहकारी पीडितहरूले न्याय नपाए चुनाव बहिष्कार गर्ने चेतावनीसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *