डिला संग्रौलाको आरोप- गृहमन्त्रीको हिंस्रक अभिव्यक्ति दिमागी उपज हो कि ? – Nepal Press

डिला संग्रौलाको आरोप- गृहमन्त्रीको हिंस्रक अभिव्यक्ति दिमागी उपज हो कि ?

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार सदनमा दिएको अभिव्यक्तिप्रति आक्रोश पोखेकी छन् ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्रीको अभिव्यक्तिलाई हिंस्रक अभिव्यक्तिको संज्ञा दिइन् ।

उनले भनिन्, ‘गृहमन्त्रीको जुन अभिव्यक्ति आयो त्यसको हामीले निन्दा गरेका छौं । हिंस्रक भनेपछि संसदभित्र अमर्यादित शब्द बोल्न पाइँदैन । दशी प्रमाण आयो भनेमात्रै यथार्थ कुरा बोल्न पाइन्छ । सत्ता सरकारको हुन्छ सदन प्रतिपक्षको हुन्छ । तर, आजसम्मको संसदीय इतिहासमा अमर्यादित अभिव्यक्ति दिने, लाञ्छित, हिंस्रक र दिमागी उपज हो कि ? यस्तो खालको हामीले सुनेका थिएनौं । बैठकमा यसमा छलफल भएको छ ।

उनले कांग्रेसले सहकारी प्रकरण मात्रै नभएर अब गिरिबन्धुको जग्गा प्रकरणको विषयलाई पनि कडारुपमा उठाउने जिकिर गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर