सिरोहियालाई ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयको सिफारिस – Nepal Press

सिरोहियालाई ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयको सिफारिस

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

अध्यक्ष सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप्न अदालतलाई सिफारिस गरिएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सुदिपकुमार दंगालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियालाई आज अदालतमा उपस्थित गराएको छ। अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो । म्याद थपको सिफारिसपछि पुनः अदालत पुर्‍याइएको छ ‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *