कांग्रेस अब कसरी अघि बढ्छ ? रणनीति बनाउने बैठकमा सानेपामा लम्किएका पाइला (तस्बिरहरू) – Nepal Press

कांग्रेस अब कसरी अघि बढ्छ ? रणनीति बनाउने बैठकमा सानेपामा लम्किएका पाइला (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित पार्टीका नेता तथा सांसदहरू पार्टी मुख्यालय सानेमा पुगिसकेका छन् ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

समिति बनाउन सरकार पनि तयार भएपनि टीओआरमा कुरा मिल्न सकेको छैन । कांग्रेसको नाराबाजीबीच पनि सरकारले पेलेरै सदनका दुवै बैठक चलाइरहेको छ ।

यता, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा पनि सरकारप्रति कांग्रेस आक्रोशित बनेको छ। गृहमन्त्री लामिछानेले व्यक्तिगत रिसीइबीका कारणले पक्राउ गरेको भन्दै कांग्रेसका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् ।

हेर्नुस् बैठकमा जाँदै गरेका नेताहरुको केही तस्बिर-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर