सिरोहिया पक्राउ प्रकरण : धनुषा अदालत परिसरमा प्रहरीसँग नेविसंघ कार्यकर्ताको घम्साघम्सी (तस्बिरहरू/भिडिओ) – Nepal Press

सिरोहिया पक्राउ प्रकरण : धनुषा अदालत परिसरमा प्रहरीसँग नेविसंघ कार्यकर्ताको घम्साघम्सी (तस्बिरहरू/भिडिओ)

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ ।

नेविसंघका कार्यकर्ताहरु सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी परेको हो । उनीहरु प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीसँग घम्साघम्सी भएको छ ।

अहिले नेविसंघका कार्यकर्ताहरु सडकमा बसेका छन् । उनीहरु सरकारले प्रतिशोध साध्न सिरोहियालाई पक्राउ गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर