रोजगारदाता र श्रमिकलाई जोड्न सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ गरिँदै, कहाँ कहिले ? (भिडिओ) – Nepal Press

रोजगारदाता र श्रमिकलाई जोड्न सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ गरिँदै, कहाँ कहिले ? (भिडिओ)

काठमाडौं । सरकारले ७ वटै प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

श्रम मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले उक्त मेलाको जानकारी गराए । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको अर्यालले जानकारी दिए ।

मेला जेठ १७-१८ मा कोशी प्रदेश, १९-२० मा मधेश, २१-२२ मा गण्डकी प्रदेशको पोखरा, २३-२४ मा लुम्बीनी, २५-२६ मा कर्णाली प्रदेशको सुर्खेत, २७-२८ मा सुदूरपश्चिम प्रदेशको धनगढी र २९-३० मा बागमती प्रदेशको ललितपुरमा आयोजना गरिने कार्यतालिका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री डीपी अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताए । मेलाका लागि हिजै (मंगलबार) देखि दर्ता खुला गरिएको छ ।

मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपालीले जोडिन सक्ने बताइएको छ । मन्त्री अर्यालले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको पनि बताए । मन्त्री अर्यालले ‘श्रमाधान रोजगार मेला’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको जानकारी गराए ।

‘श्रमाधान रोजगार मेला’ मा सातै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षामा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर