दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले गर्यो कैलालीकाे लम्कीमा प्रदर्शन – Nepal Press

दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले गर्यो कैलालीकाे लम्कीमा प्रदर्शन

कैलाली । दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले कैलालीकाे लम्कीमा प्रर्दशन गरेको छ । स्थानीय दलित अगुवा चन्द्र विकको अध्यक्षतामा शुक्रबार दिउसो कैलालीको लम्की बजारमा प्रदर्शन भएको हो ।

बाजागाजा, र्याली र नारा जुलुश सहितकाे प्रदर्शनपछि लम्की बजारको चौराहमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनार, दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका प्रमुख गम्भीरसिंह भुल, दलित आन्दोलन सुर्खेतका अभिन्ता शान्ति विसुङ्गे, अछामका दलित अभियन्ता मिनबहादुर सुनार, झंकर नेपालीले सम्बोधन गरेका थिए ।

उनीहरुले कोणसभालाई सम्बोधन गर्दै दलितका अस्थायी लालपुर्जालाई स्थायी बनाउनुपर्ने, दलितको कम्तिमा १० लाखसम्मको बीमा गर्नुपर्ने, राज्यका सबै निकायमा दलित जनसंख्या अनुसार १४ प्रतिशत सहभागिता अनिवार्य गर्नुपर्नेमा जोड दिएका छन् । लम्कीमा भएको प्रदर्शनमा स्थानीय र छिमेकी पालीका तथा जिल्लाबाट गरेर करिव हजाराैको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *