कांग्रेसले बोलाएको विपक्षी दलको बैठक जारी, को-को छन् सहभागी ? – Nepal Press

कांग्रेसले बोलाएको विपक्षी दलको बैठक जारी, को-को छन् सहभागी ?

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको संयुक्त बैठक जारी छ । कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल थालेका हुन् ।

बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो । सरकारविरुद्ध संयुक्त रणनीति बनाउन कांग्रेसले अन्य दलको पनि साथ लिन खोजेको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । हिजो सांसदबीच धकेलाकेलको अवस्थापछि सहमतिको सम्भावना अझै क्षीण बन्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर