अयोध्यादेखि दोहासम्म नेपाली स्वादका रेस्टुरेष्ट चलाउँदै सन्तोष साह – Nepal Press

अयोध्यादेखि दोहासम्म नेपाली स्वादका रेस्टुरेष्ट चलाउँदै सन्तोष साह

काठमाडौं । नेपालका विश्व चर्चित सेफ सन्तोष शाहले भारतको रामभूमि अयोध्यादेख नेपालीहरुको काम तथा घुमघाम गन्तव्य दोहासम्म नेपाली स्वादका रेष्टुरेन्ट सञ्चालन गर्ने भएका छन् ।

आज ललितपुरको झम्सिखेलमा जेठ ६ बाट औपचारिक उद्घाटन हुने मिथिला थालीमा नेपाल प्रेसको जिज्ञासामा बोल्दै साहले यस्तो बताएका हुन् ।

जनकपुरधाम र मिथिला सभ्यताको नजिकको सम्बन्ध अयोध्यामा भएको तर त्यहाँ जनकपुरको स्वाद नभएकोले त्यो रिक्तता पूरा गर्न आफूले तयारी गरेको साहले बताए ।

उनले भने, ‘म आफैँ चै अयोध्या गएको छैन तर त्यहाँ मिथिला स्वाद दिनलाई रेष्टुरेन्टको लागि ठाउँ खोज्ने काम सुरु भइसकेको छ ।’ यस्तो दोहामा पनि सञ्चालनको लागि गृहकार्य सुरु भएको साहले बताए ।

जनकपुरमा मिथिला स्वाद चखाइसकेका साहले अब काठमाडौंमा तीन स्थानमा मिथिला तथा भारतीय स्वादका रेष्टुरेन्ट सञ्चालन गर्ने भएका छन् । झम्सीखेलमा ६० सिटको मिथिला थाली रेष्टुरेन्ट अगाडि जेठ ६ मा उद्घाटन गर्ने उनले गौशालामा २०० सिटको अर्को मिथिला थाली केही महिनामै संचालन गर्ने बताए ।

झम्सिखेलमा भन्दा गौसालामा केही सस्तो हुने र पाशुपत क्षेत्रमा भएकोले पूरा शाकाहारी हुने साहले बताए । यस्तै, काठमाडौंको गैरिधारामा भारतीय स्वादको रेष्टुरेन्ट खोल्ने तयारी पनि पूरा भएको साहले बताए । उनले भने, ‘मेरो विज्ञता इण्डियन खानामा हो, त्यो गैरिधारामा प्रस्तुत हुनेछ ।’

मिथिला थालीमा राखिएका चित्रकला, पाकवान बोक्ने सरसामानहरु ग्राहकले चाहेमा बिक्री पनि गर्ने साहले बताए । उनले मिथिला थालीमा चाहिने केराको पात अभाव नहोस् भनेर आफैँ सक्रिय भएर केरा खेती गर्ने तयारी भएको पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर