आगलागीबाट भएको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायलाई सरकारको निर्देशन – Nepal Press

आगलागीबाट भएको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले आगलागी र डढेलो क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यूनिकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन र्दिएको बताइन् ।

पछिल्लो समय देशभर आगलागीका घटनाबाट ठूलो जनधनको क्षति भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *