स्वास्थ्य मन्त्रालयका दशौँ र नवौँ तहका १० कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाज – Nepal Press

स्वास्थ्य मन्त्रालयका दशौँ र नवौँ तहका १० कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत १० जना दशौँ र नवौँ तहका कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको छ ।

मन्त्रालयले मन्त्रालय अन्तरगत विभिन्न निकायमा कार्यरत आठ जना दशौँ तहका र दुई जना नवौँ तहका गरेर १० जना कर्मचारीलाई सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको हो ।

जसमा भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट ईएनटी सजर्न दशौँ तहका डा.रबिभुषण सुवालको वीर अस्पतालमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुल दरबन्दीमा पदस्थापन भई बीर अस्पतालमा कामकाजमा रहेका बरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट दशौ तहका डा.लुना शर्माको कार्यरत अस्पतालमा नै खटाएको छ ।

परोपकार तथा प्रसुति तथा स्त्रीरोग अस्पतालमा दरबन्दी रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश कार्यालय अन्तरगत कामकाजमा रहेका बरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन दशौ तहका डा.अमर पौडयाललाई मुख्यमन्त्री तथा मीन्त्रपरिषद्को कार्यालय सुदूरपश्चिममा खटाएको छ ।

यस्तै परोपकार तथा प्रसुति तथा स्त्रीरोग अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौ तहका डा.प्रज्वल पौडेलको कार्यरत अस्पतालमा नै कायम गरेको छ ।

कान्ति बाल अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा.मधुसुदन कायस्थको कार्यरत अस्पतालमा नै कायम गरेको छ भने सोहि अस्पतालमा नै कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा.सन्जीतकुमार श्रेष्ठलाई पनि कार्यरत सोही अस्पतालमा नै कायम राखेको छ ।

सिंहदरबार वैद्यखाना विकास समितिमा पदस्थापन भएर आयुर्वेद चिकित्सालय नरदेवीमा कामकाजमा रहेका बरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ दशौँ तहका डा.काशी खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

वीर अस्पतालमा दरबन्दी रहेर पश्चिमाञ्जल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा रहेका अस्पताल नर्सिङ प्रशासक नवौ तहका बिद्या बाँस्तोलालाई सोहि अस्पतालमा कामय गरेको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा दरबन्दी रहेर वीर अस्पतालमा कामकाजमा रहेका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दशौँ तहका डा.सुरेन्द्रलाल श्रेष्ठको सोही अस्तालमा कायम गरिएको छ भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा दरबन्दी रहेर कान्ति बाल अस्पतालमा कामकाजमा रहेका डा.सुमनविक्रम अधिकारीको कामकाजमा रहेकै अस्पतालमा कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *