कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनको असन्तुष्टि – Nepal Press

कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनको असन्तुष्टि

काठमाडौं । नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टि व्यक्त गरेका छन् । उनले यस्तो कार्यको वैधतामा समेत प्रश्न उठाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै बालेनले असन्तुष्टि पोखेका हुन् । उनले लेखेका छन्, ‘जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ? मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?’

बालेनले नेपालमा पशुअधिकारलाई जोक बनाइएको टिप्पणी समेत गरेका छन् ।

कतारी राजा शेख तमिम विन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आएर हिजो फर्केका थिए । उनले नेपालबाट दुईवटा हात्ती लिएर जाने चर्चा चलेको थियो ।

यद्यपि, विभिन्न प्रक्रिया पूरा गर्न बाँकी रहेकाले हात्ती लगिसकिएको छैन । सामाजिक सञ्जालमा भने हात्तीलाई गाडीमा लोड गरिएको पुरानो भिडियो भाइरल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर