कम्युनिष्ट आन्दोलनको निरन्तर पर्यायका रूपमा मनमोहनलाई बुझ्नुपर्छः ईश्वर पोखरेल (भिडिओ) – Nepal Press

कम्युनिष्ट आन्दोलनको निरन्तर पर्यायका रूपमा मनमोहनलाई बुझ्नुपर्छः ईश्वर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा बुझ्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेता अधिकारी अनेक उत्तारचढाव भएपनि कहिले पनि खण्डित नभएको बताए ।

कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनैपनि अतिवादमा अधिकारी नरहेको पोखरेलले बताए । अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेको उनले औंल्याए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘मनमोहन अधिकारी शासन सत्तामा रहँदा मात्रै होइन, अत्यन्त प्रतिकूल अवस्थामा समेत पनि रहनुभयो । त्यसकारण हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रूपमा लिने गर्दछौँ । कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनैपनि अतिवादमा उहाँ रहनुभएन । उहाँ यो स्वभावमा नरम देखिएपनि, विचारमा नरम देखिएपनि, देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा रहनु भयो । उहाँ कहिले पनि त्यो व्यवहारप्रति सहमति हुनुभएन ।’

पोखरेलले मनमोहन अधिकारी भूराजनीतिक संवेदनशिलताप्रति गम्भीर रहेको स्मरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर