ग्वार्कोमा डान्सबारभित्र जुवा, करिब साढे ४ लाख नगदसहित १३ जना पक्राउ – Nepal Press

ग्वार्कोमा डान्सबारभित्र जुवा, करिब साढे ४ लाख नगदसहित १३ जना पक्राउ

काठमाडौं। ललितपुरको ग्वार्कोस्थित एक डान्स बारमा जुवा खेलिरहेको आरोपमा करिब साढे ४ लाख रुपैयाँ नगदसहित १३ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरी परिसरको टोलीले बुधबार राती नन स्टप डान्सबारमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।

ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले ४ लाख ३५ हजार ९ सय ६० रुपैयाँ नगद र १३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको बताए।

डान्स बारले पाँच तले घर भाडामा लिएकामा दोस्रो तलामा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको उनले बताए। पक्राउ पर्नेमा २ जना महिला पनि छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर