मौन अवधिअघि ओलीको अन्तिम प्रचार- सुहाङ ! अब संसद भवनमै भेटौँला – Nepal Press

मौन अवधिअघि ओलीको अन्तिम प्रचार- सुहाङ ! अब संसद भवनमै भेटौँला

काठमाडौं । वैशाख १५ को उपचुनावको प्रचारप्रसार आज राति १२ बजेसम्म मात्र खुल्ला छ । मौन अवधि सुरू हुनु साढे ३ घण्टाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङको पक्षमा अन्तिम पटक प्रचार गरेका छन् ।

ओलीले सामाजिक सञ्जालमा सुहाङलाई अब संसद भवनमै भेटौंला भन्दै शुभेच्छा जनाए ।

सुहाङसँगको फोटो राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनेँ पनि– सुहाङ पण्डितजस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो । आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरू हुन्छ । सुहाङ, अब संसद भवनमै भेटौँला !’

पार्टीको अन्तिम चुनावी सभालाई सम्बोधन गर्न ओली माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललगायतका नेताहरूसहित आज चुलाचुली पुगेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर