ईन्द्रलाई खुशी पार्न भ्यागुताको बिहे, वडाध्यक्ष पनि जन्ती गए – Nepal Press

ईन्द्रलाई खुशी पार्न भ्यागुताको बिहे, वडाध्यक्ष पनि जन्ती गए

हेटौंडा । लामोसमयदेखि पानी नपरेपछि हेटौंडामा भ्यागुतोको विवाह गरिएको छ ।

पानी नपर्दा स्थानीय सर्वसाधारणको जनजीवन कष्टकर भएको भन्दै हेटौंडा–१६ का स्थानीयहरुले भ्यागुतोको विवाह गरेका हुन् । स्थानीयहरुले एक जोडी भ्यागुताको विवाह गराएका हुन् ।

हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको उपस्थितिमा स्थानीयहरुले बाजागाजासहित भ्यागुतोको विवाह गरिदिएका हुन् । भ्यागुताको बिहे गराए पानी पर्छ भन्ने जनविश्वासका आधारमा स्थानीयलेले भ्यागुतोको विवाह गरेको वडाध्यक्ष कोइरालाले बताए ।

ईन्द्र भगवानको पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर सिंगार्दै बेहुला–बेहुली बनाएर विवाह गरिएको थियो । पछिल्लो समयमा पानी नपर्दा बनमा डढेलो फैलिनुको साथै जनजीवनमा समस्या आएको भन्दै उनीहरुले भ्यागुतोको विहे गरेका हुन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *