सकियो हाँडीगाउँको गहना खोज्ने जात्रा – Nepal Press

सकियो हाँडीगाउँको गहना खोज्ने जात्रा

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सकिएको छ ।

टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीन पटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने जात्रा गरिन्छ । त्यस क्रममा पोखरी बाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।

किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेको देख्छिन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किन्छिन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविद्को भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर