रातो मच्छिन्द्रनाथको जात्रा प्रक्रिया सुरु – Nepal Press

रातो मच्छिन्द्रनाथको जात्रा प्रक्रिया सुरु

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा प्रक्रिया सुरु भएको छ ।

जात्राको सुरुवात मानिने ‘महास्नान’ विधि बुधबार सम्पन्न भएको हो । ललितपुरको लगनखेलमा रातो मच्छिन्द्रनाथ देवतालाई स्नान गराइएको छ ।

चैत शुक्ल पूर्णिमाको रात मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन छ । त्यसपछि मच्छिन्द्रनाथको मूर्तिमा प्राण हुँदैन । प्राणविहीन मूर्तिलाई लगनखेलस्थित महास्नान मण्डपमा लगिन्छ । त्यहाँ चाँदीको कलशमा राखिएको गाईको दूध, घ्यू, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ । यसैलाई महास्नान भनिन्छ ।

यो जात्रा वैशाख शुक्ल पक्ष प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *