राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने – Nepal Press

राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्नका लागि सूचना जारी गरेको छ ।

राष्ट्र बैंकबाट मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले दिन चाहेको ब्याजदर सहित रकम प्रस्ताव गर्नुपर्नेछ । वैशाख १६ गते राती १२ बजेभित्र केन्द्रीय बैंकमा आइपुग्ने गरी प्रस्ताव इमेल मार्फत पेश गर्नुपर्नेछ ।

बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड १६ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ९ करोड ७२ लाख रुपैयाँ राख्न लागेको हो ।

मुद्दती निक्षेपको समय २०८१ जेठ ३ गतेबाट शुरु भई २०८२ जेठ २ गते परिपक्व हुनेछ । बैंकबाट निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा कम, तोकिएको सीमा भित्र कर्जा निक्षेप अनुपात हुनुपर्ने, तोकिएभन्दा बढी रियलस्टेट कर्जा नगएको लगायतको शर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर