इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो ‘भिडियो केवाईसी’ सुविधा – Nepal Press

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो ‘भिडियो केवाईसी’ सुविधा

काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागू हुने गरी भिडियो मार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई-एप्लीकेसन डेक्लीरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल) मार्फत प्राप्त हुन्छ । केवाईसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल) मार्फत पेश गरे पश्चात् ई-एप्लीकेसन डेक्लीरेसन फर्ममा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसी सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनुपर्नेछ ।

यस भिडियो केवाईसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौं । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर