डढेलो निभाउन गएको तिलोत्तमाको दमकल जलेर क्षति – Nepal Press

डढेलो निभाउन गएको तिलोत्तमाको दमकल जलेर क्षति

रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेर पूर्ण रुपमा क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो ।

तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर