आर्सनलसँग चेल्सीको लज्जास्पद हार – Nepal Press

आर्सनलसँग चेल्सीको लज्जास्पद हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा मंगलबार राती भएको खेलमा लिग लिडर आर्सनलले चेल्सीलाई ५–० ले पराजित गर्दै लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ।

घरेलु मैदान इमिरेट्समा टोलीलाई जित दिलाउन बेन ह्वाइट र काई हार्भेट्जले समान २ र अर्को गोल लियान्द्रो ट्रोसाडले‌ गरे।

पहिलो हाफको चौथो मिनेटमा ट्रोसाड्को गोल मार्फत १–० को अग्रता लिएको आर्सनलले अन्य ४ गोल दोश्रो हाफमा गरेको थियो ।
दोश्रो हाफको ५४ औ मिनेटमा ह्वाइटले गोल गर्दै टिमलाइ २–० को अवस्थामा लगे ।

दोश्रो हाफको ५७औं र ६५ औं मिनेटमा लगातार गोल गर्दै हार्भेट्जले आर्सनललाई ४–० को अवस्थामा लगेका थिए । खेलमा आर्सलनका ह्वाइटले ७० औं मिनेटमा गोल गरेपछि टिमले ५–० को शानदार जित दर्ता गर्न सफल बन्यो ।

जितपछी आर्सनल ३४ खेलबाट ७७ अंक सहित तालिकाको पहिलो स्थानमा छ । एक खेल कम खेलेको लिभरपुलको ७४ अंक छ र उ दोश्रो स्थानमा छ । दुई खेल कम खेलेको म्यान्चेस्टर सिटी ७३ अंक सहित तेश्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *