अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलद्वारा सोल्टी होटलमा रात्रिभोज आयोजना – Nepal Press

अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलद्वारा सोल्टी होटलमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा रात्रिभोज आयोजना गरेका छन् ।

दुई दिने राजकीय भ्रमणका नेपाल आएका राजा थानीका लागि होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका हुन् । रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

One thought on “अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलद्वारा सोल्टी होटलमा रात्रिभोज आयोजना

  1. याैटा कतार काे सेख अाउदा मुलुक ठप्प पार्नुपर्ने ,बिमानस्थल बन्द गर्नुपर्ने जस्तो सरकार काे अनावश्यक नाङ्गो नाटक अरु केही हाेला जस्तो मलाई लाग्दैन ।नेपाल सरकार का सरकार पर्मुख तथा नप्रतिनिधि भारत जादा याैटा सामान्य सहायक मन्त्री पठाएर नेपाल राष्ट्र कै बदनाम गरेको त जगजाहेर छ त,शान्ति सुरक्षा तथा स्वागत गर्नु साेभाबिकै हाे तर देश भर बिदा गर्नु ले यति साराे लिप्त बेबहारले माग्ने जाेगि ले धेरै लम्पसार परेर पेट पाल्न भिख मागेको जस्तो स्पष्ट देखिन्छ ।त्यो स्वाभिमानी नेपाल नागरिक तथा राष्ट्र कै लागि अाैचित्यहिन र बदनाम काे ब्यबहर हाे ।बैदेशिक सहयोग लिने र सत्तामा बसेर भ्रष्टाचार गर्न पल्केका सत्ताधारी हरुलाइ त केही फरक नपर्ला तर स्वाभिमानी नेपाली नागरिक काे लागि ठूलो बैजेत तथा राष्ट्र कै हाेर्मत लिनु बराबर हाे !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर