हिमालयन हाइड्रो एक्स्पो भोलिबाट, स्काइ टावरबाट भृकुटीमण्डपसम्म ईभी र्‍याली निस्कने – Nepal Press

हिमालयन हाइड्रो एक्स्पो भोलिबाट, स्काइ टावरबाट भृकुटीमण्डपसम्म ईभी र्‍याली निस्कने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ बुधबारबाट सुरु हुने भएको छ । एक्स्पोको सुरुवात काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट भृकुटीमण्डपसम्म ईभी र्‍याली निकालेर गरिने आयोजकले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतबाट भोलि बिहान एक्पोको उद्घाटन गरिने इप्पानका उपाध्यक्ष तथा एक्सपो संयोजक भरत खत्रीले जानकारी दिए । ईभी र्‍यालीसँगै एक्स्पोको शुभारम्भ हुने खत्रीले जनाए ।

वैशाख १२, १३ र १४ सम्म हुने एक्स्पोको सबै तयारी सकिएको खत्रीले बताए । एक्पोमा उच्चस्तरीय बिजनेस मिटिङहरू पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसीलगायतका कम्पनीका प्रतिनिधिसँग बिजनेस मिटिङ राखिएको छ ।

एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका सयभन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर