प्रधानमन्त्री प्रचण्ड भेट्न ओली सिंहदरबारमा – Nepal Press

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली सिंहदरबारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट जारी छ । प्रधानमन्त्रीलाई भेट्न ओली केही समयअघि सिंहदरबारमा छिरेका हुन् ।

उनीहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि सत्तागठबन्धन घटक दलका नेताको असन्तुष्टिको विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले सहज महसुस नगरेको भन्दै गठबन्धन टिक्नेमै आशंका व्यक्त गरिरहेका छन् ।

यस्तै, भेटमा सरकारले ल्याउन आगामी वर्षको बजेट साथै नीति तथा कार्यक्रमको विषयमा पनि छलफल हुने बताइन्छ । सरकारले संघीय ससंद्को बजेट अधिवेशन बोलाउने तयारी पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर