पप्पु कन्स्ट्रक्सनका सुमित रौनियारसहित २९ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा – Nepal Press

पप्पु कन्स्ट्रक्सनका सुमित रौनियारसहित २९ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनका सुमित रौनियारसहित २९ निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । रौनियारलाई २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ । उनीहरुले यो अवधिभर कुनै पनि निर्माणमा भाग लिन पाउने छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालिलगायत २९ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

यी कम्पनीहरूबाट काम नगर्न र नगराउनसमेत सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ । सिक्टा सिंचाइ आयोजनाले रौनियारलाई कालोसूचीमा राख्न प्रधानमन्त्री कार्यालयलाई लेखी पठाएको थियो ।

चण्डी निर्माण सेवा र सिद्धबाबा कन्स्ट्रक्सन प्रालिलाई पनि २ वर्ष कालेसूचीमा राखिएको छ । यसका मुख्य व्यक्ति पशुपतिनाथ जयसवाल र नानु अर्याल हुन् । जयसवाल र अर्याललाई सडक डिभिजन बुटवलले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न लेखी पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर