इलामका चिया व्यवसायीको समस्या लिएर झलनाथ खनाल बालुवाटारमा – Nepal Press

इलामका चिया व्यवसायीको समस्या लिएर झलनाथ खनाल बालुवाटारमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनाल इलामका चिया व्यवसायीलाई लिएर बालुवाटार पुगेका छन्।

इलामको चियाको समस्याको विषयमा चिया व्यवसायी तथा चिया प्रशोधन कारखानाका सञ्चालकहरूले डल्लुमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा नेपालमा उत्पादन र बजार व्यवस्थापनको विषयमा चासो राखेका थिए। नेता खनालले इलामका चिया किसानको समस्यालाई तत्काल समाधान गर्नको लागि प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गाएका छन्।

व्यवसायीले भारतको नाका पानी ट्याङकीमा नेपालको चियालाई प्रत्येक गाडी सत प्रतिशत गुणस्तर परीक्षण गरि निकासी गर्नको लागि भारतीय भन्सारमामा १७ दिनसम्म गाडी राख्नुपर्ने गुनासो राखेका थिए।

चियाको निकासीमा कठिनाइ भइरहेको गुनासोपछि नेता खनालसहित चिया व्यवसायीसँग प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षसँग कुराकानी गरेर समस्याको छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर