वसन्त क्रान्तिको सम्झना– यस्तो थियो वैशाख ११ गते राति ११ बजेको शाही घोषणा (पूर्णपाठ) – Nepal Press

वसन्त क्रान्तिको सम्झना– यस्तो थियो वैशाख ११ गते राति ११ बजेको शाही घोषणा (पूर्णपाठ)

काठमाडौं । वैशाख ११ गते सरकारले सार्वजनिक विदा दिए पनि लोकतन्त्र दिवस भनेर चाहिँ होइन । यद्यपी केही वर्षअघिसम्म वैशाख ११ गतेलाई लोकतन्त्र दिवस मानेर सरकारले सार्वजनिक विदा दिने गरेको थियो ।

पछि जेठ १५ गते गणतन्त्र दिवसमै यसलाई गाभियो । वैशाख ११ गतेको महत्व यसकारण छ कि,आजकै दिन अर्थात २०६३ साल वैशाख ११ गते राति ११ बजे तत्कालीन तत्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवले सात दलको नेतृत्वको जनआन्दोलन समक्ष घुँडा टेक्दै संसद पुनर्स्थापना गरेर जनताको नासो जनतालाई फिर्ता गरेका थिए ।

हुन त तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहका विशेष दूत र नेपालको राणा परिवारका ज्वाइ डा.करण सिंहसहित विदेशीहरुको रोहबरमा वैशाख ८ गते नै शाही घोषणा आएको थियो तर त्यसले संसद पुनर्स्थापना लगायत दलहरुको माग सम्बोधन नगरेपछि जनआन्दोलन चर्कियो ।

वैशाख १२ गते अझ ठूलो आन्दोलन हुने भयो ।नारायणहिटी नै कब्जा गर्ने आन्दोलनको सूचना आएपछि सेनाले जनतामाथि गोली चलाउन नसकिने जवाफ दिएर राजालाई दलहरुसँग सम्झौता गर्न सुझाएसँगै वैशाख ११ को शाही सम्बोधन आएको थियो ।

वैशाख ११ गते राति ११ बजेको सम्बोधनपछि २०५९ सालमा विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो भने गिरिजा प्रसाद कोइरालको नेतृत्वमा सरकार गठन भई सुवास नेम्वाङ सभामुख चयन भएका थिए ।

सोही पुनर्स्थापित संसदले तत्कालीन २०४७ सालको संविधानले राजालाई दिएका प्रायः सबै अधिकार खोसेर जेठ ४ गते प्रतिनिधि सभाको घोषणा जारी गरेको थियो जसलाई नेपाली म्याग्नाकार्टा समेत भनिन्छ ।

सोही पुनर्स्थापित संसदले नै नेपाललाई हिन्दु राज्यबाट धर्म निरपेक्ष घोषणा गरेको थियो । यो कसले घुसायो भन्ने प्रश्नको जवाफ अहिलेसम्म मिल्ने गरेको छैन । वैशाख ११ को शाही घोषणाले संसद पुनर्स्थापना गरेर माओवादीलाई युद्धबाट शान्तिमा आउने ढोका समेत खोलेको थियो ।

तर त्यसबेला बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्र राख्ने सहमतिमा दलहरुले धोका दिएको आरोप राजा ज्ञानेन्द्र र तत्कालीन गृहमन्त्री कमल थापालगायतका नेताहरुले लगाउने गरेका छन् ।

वैशाख ११ गतेका शाही सम्बोधन राजाले वाचन गरे पनि यसको मस्यौदा भने तत्कालीन ७ दलकै नेताले तयार पारेका थिए ।
यस्तो थियो वैशाख ११ गतेको शाही घोषणा,जुन राजपत्रमा प्रकाशित थियो ।


प्रतिक्रिया

One thought on “वसन्त क्रान्तिको सम्झना– यस्तो थियो वैशाख ११ गते राति ११ बजेको शाही घोषणा (पूर्णपाठ)

  1. २०४६ साल र यो आन्दोलनमा म कर्मचारी हुदाहुदै पुर्णतया वा पुर्नरूपमा सक्रिय थिए जनताको शासनको लागि मलाई जनताको जनजीवन उन्नत होस् लाग्दछ त्यसो भए मेरो पनि उन्नति हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर