इन्टर मिलान २० औं पटक सिरी ‘ए’ च्याम्पियन – Nepal Press

इन्टर मिलान २० औं पटक सिरी ‘ए’ च्याम्पियन

काठमाडाैं। इन्टर मिलानले यो सिजन २०२३-२०२४ को इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ ।

सिरी ‘ए’ मा २० औं पटक च्याम्पियन बन्दा इन्टर ले आफ्नो छिमेकी एसी मिलानलाइ पराजित गर्न सफल बन्यो । मिलान डर्विको ११६ वर्षे इतिहासमा डर्वी जितेर च्याम्पियन भएको यो पहिलो घटना हो ।

सिरी ‘ए’ को पाँच खेल अगावै इन्टर यो पटक उपाधि जित्न सफल बन्यो । मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ ।

मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो ।

सन २०२१ पछि इन्टर यो पटक उपाधि होडमा थियो र उसले सहज उपाधी पनि हासिल गर्न सफल भयो ।

यो सिजनमा उपाधि उचाल्ने क्रममा शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पार्न सफल बनेको छ ।

मिलान डर्वीमा इन्टरले एसीलाई २-१ ले पराजित गरेपछि उपाधि सम्भव भएको हो । इन्टरका फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे भने एसी मिलानका फिकायो तोमारीले एक गोल फर्काए ।

सिरी ‘ए’मा ३६ पटक उपाधी जितेको युभेन्टस यो पटक हालसम्म तेश्रो स्थानमा छ । १९ पटक लिग जितेको एसी मिलान दोश्रो स्थानमा छ भने बोल्गोना चौथो र रोमा पाँचौ स्थानमा छ । सिरी ‘ए’मा पनि लिग तालिकाको टप चार टिमले च्याम्पियन्स लिग खेल्न पाउँछन् भने पाचौं हुने टिमले युरोपा लिगमा अवसर पाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर