धनुषामा आगलागी हुँदा एक महिलाको मृत्यु – Nepal Press

धनुषामा आगलागी हुँदा एक महिलाको मृत्यु

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका १ स्थित बगैचाबाट सल्केर फुसको घरमा आगलागी भएपछि एक महिलाको मृत्यु भएको छ ।

घरबाट भाग्न नसक्दा ४५ वर्षीया खुखनी देवी कापरको जलेर मृत्यू भएको स्थानीय बलिराम कापरले जानकारी दिए । उनका अनुसार बाँस र आँपका रुखहरु रहेको बगैंचामा आगो लाग्यो । त्यो आगो गहुँको भुसा राख्न बनाएको फुसको घरमा पुग्यो । त्यही घरमा खुखनी देवी थिइन् ।

आगलगीबाट घर पनि जलेको छ । घरबाट महिला भाग्न खोजेकी थिइन् तर लडेपछि भाग्न नसक्दा जलेकी थिइन् । आगलगी स्थानीय, प्रहरी र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर