यातायात कार्यालयमा दीपक मनाङेको अनुगमन, अनलाइन सेवा व्यवस्था गर्न निर्देशन – Nepal Press

यातायात कार्यालयमा दीपक मनाङेको अनुगमन, अनलाइन सेवा व्यवस्था गर्न निर्देशन

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले यातायात व्यवस्था कार्यालय कास्कीको अनुगमन गरेका छन् ।

सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री मनाङेले सोमबार यातायात कार्यालयको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री मनाङेले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउन निर्देशन दिए ।

उनले कार्यालयबाट प्रदान गरिने सेवालाई अनलाइनबाट पाउने व्यवस्था गर्नसमेत निर्देशन दिए ।

यातायात व्यवस्था कार्यालय कास्की प्रमुख डिल्लीराम रिज्यालले केन्द्रीय हस्तक्षेपले प्रदेशमा अनलाइन सेवा दिन नसकिएको गुनासो गरे ।

मन्त्री मनाङेले अनलाइन सेवा सुचारु गर्न आइपरेको समस्याका बारेमा केन्द्रमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कर्मचारीको विषय धेरै गुनासा आएकाले त्यसलाई व्यवस्थापन गर्न हरेक घन्टा हाजिर गर्ने व्यवस्था सुरु गर्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर