सिन्धुलीका एसपी शर्मा २ महिनामै हेडक्वार्टर तानिए – Nepal Press

सिन्धुलीका एसपी शर्मा २ महिनामै हेडक्वार्टर तानिए

काठमाडौं । सिन्धुलीका प्रहरी प्रमुख विनोद शर्मा दुई महिनामै हटाइएका छन् । प्रहरी प्रधान कार्यालयले शर्मालाई जिल्ला प्रहरी प्रमुखबाट हटाएर हेडक्वार्टर तानेको छ ।

उनलाई किन तानियो भन्नेबारे केही स्पष्ट पारिएको छैन । उनी गत फागुन १ गतेमात्र सिन्धुली प्रहरी प्रमुखका रुपमा सरुवा भएका थिए ।

यसअघि प्रहरी प्रधान कार्यालयले बारा, सर्लाही, महोत्तरी, बाँकेलगायत जिल्लाका प्रमुखलाई पनि तानेको थियो । प्रहरी नियमावलीमा कार्यालय प्रमुखलाई कुनै कारणविना एक वर्षसम्म हटाउन नपाइने व्यवस्था छ ।

फागुन १ गते जिल्ला प्रमुखका रुपमा बाँके पुगेका सुवासचन्द्र बोहरा, सर्लाही पुगेका डीएन ज्ञवाली, महोत्तरी पुगेका श्यामप्रसाद राई, धनुषा पुगेका मित्रबन्धु शर्मालाई ५० दिन पनि नपुग्दै सरुवा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर