दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो – Nepal Press

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो

काठमाडौं । दैनिक उपभोग्य वस्तु चामल, चिनी दाल तेल जस्ता अत्यावश्यक खाद्यान्नको मूल्य वृद्धि हुन थालेपछि राष्ट्रिय उपभोक्ता फोरमले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

आन्तरिक तथा बाह्य कारणले केही महिना देखि अस्वाभाविक रूपमा मूल्यवृद्धि हुँदा आम सर्वसाधारणलाई मर्का परेको मञ्चको ठहर छ ।

९० रुपैयाँ प्रति किलोमा झरी सकेको चिनी अहिले ११० रुपैयाँ प्रति किलो पुगेको, जिरा मसिनो, मोटा चामल प्रति प्याकेटमा नै ८०० रुपैयाँसम्म वृद्धि भई सकेको र आँटा तथा मैदाको मूल्य पनि करिब ३० प्रतिशत बढी सकेको भन्दै मूल्य वृद्धि नियन्त्रणमा उचित कदम चाल्न भन्दै प्रधानमन्त्रीलाई मञ्चले पत्र पठाएको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै चिनी चामलको आपूर्ति व्यवस्थापन गरी मूल्यवृद्धिको नियन्त्रण गरी पाऊँ भन्दै पत्र पठाएका छन् ।

मञ्चले यसअघि नै चिनीमा लाग्दै आएको ३० प्रतिशत भन्सार दरमा केही छुट दिन सुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर