गण्डकी सरकारको मुद्दा हेर्दाहेर्दैमा, प्रदेश अधिवेशन रोक्ने निवेदन कांग्रेसले इजलासमै फिर्ता लियो – Nepal Press

गण्डकी सरकारको मुद्दा हेर्दाहेर्दैमा, प्रदेश अधिवेशन रोक्ने निवेदन कांग्रेसले इजलासमै फिर्ता लियो

पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा पुगेको छ ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा पुगेको हो ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।

प्रदेश अधिवेशन नडाक्न माग गर्दै दिएको निवेदन भने रिट निवेदक सुरेन्द्र पाण्डेको पक्षबाट इजलासमै फिर्ता लिइएको छ ।

कांग्रेसले प्रदेश सभाको बैठक बहिस्कार गरेपनि निवेदन फिर्ता लिएसँगै अब विश्वासको मत लिने बाटो समेत खुलेको मुख्यमन्त्री खगराज अधिकारी पक्षको जिकिर छ । उक्त मुद्दाको अर्को सुनुवाई वैशाख १७ गते हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर