सशस्त्र प्रहरीका इन्स्पेक्टर चन्दको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली ! – Nepal Press

सशस्त्र प्रहरीका इन्स्पेक्टर चन्दको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली !

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाशबहादुर चन्दले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्दविरुद्ध सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

उनले पेश गरेको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमेडियट एजुकेसन यूपीबाट जारी भएको हाइस्कुल तहको प्रमाणपत्र नक्कली भएको अख्तियारको दाबी छ ।

चन्द एपीएफको ३६ नम्बर गण डोटीमा कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर