अन्तर्वार्ता भन्दै फिजिकल फिटनेश जाँचका नाममा अश्लील भिडिओ रेकर्ड – Nepal Press

अन्तर्वार्ता भन्दै फिजिकल फिटनेश जाँचका नाममा अश्लील भिडिओ रेकर्ड

काठमाडौं । रोजगारीको प्रलोभन देखाएर अन्तर्वार्ता भन्दै फिजिकल फिटनेशको जाँचका नाममा अश्लील भिडिओ रेकर्ड गरेर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सिन्धुलीको तीनपाटन स्थायी ठेगाना भइ काठमाडौंको बूढानीलकण्ठ बस्ने कमलबहादुर अधिकारीलाई पक्राउ गरेको हो ।

३६ वर्षीय अधिकारीले पाथीभारा माता नामक पेजबाट रोजगारीका लागि प्रचार गरेको र अन्तरवार्ता भन्दै सम्पर्कमा आएकी एक युवतीको अश्लील भिडिओ रेकर्ड गरेको ब्यूरोले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर