विशेष अदालतबाट न्याय पाएलगत्तै मरासिनी बने अर्थमन्त्रालयको सचिव – Nepal Press

विशेष अदालतबाट न्याय पाएलगत्तै मरासिनी बने अर्थमन्त्रालयको सचिव

काठमाडौं । सरकारले सचिव मधुकुमार मरासिनीलाई अर्थमन्त्रालयमा सरुवा गरेको छ । पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतबाट सफाइ पाएलगत्तै मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएर पठाइएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तत्कालीन वाणिज्य सचिव रहेका बेला मरासिनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । शुक्रबार विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।

अर्थ मन्त्रालयको लामो अनुभव सँगालेको मरासिनी यसअघि पनि अर्थ मन्त्रालयको सचिव भइसकेका छन् । उनी वैदेशिक सहायता मामिलाका विज्ञ समेत मानिन्छन् । उनी लुम्बिनी प्रदेश सरकारमा पनि लामो समय अर्थ मन्त्रालयको सचिव बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर