ओमनलाई हराउँदै युएई एसिया कपमा छनोट – Nepal Press

ओमनलाई हराउँदै युएई एसिया कपमा छनोट

काठमाडौं । घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । प्रिमियर कपको उपाधि जितेसँगै युएई २०२५ मा हुने एसिया कपमा छनोट भएको छ ।

फाइनलमा २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो । ओमानका प्रतीक अथभले ४९ र खालिद कैलले ३० रन बनाएपनि जितका लागि पर्याप्त भएन । यूएईका जुनैद सिद्दिकले ३, मोहम्मद फारुक र आयन खानले दुईदुई विकेट लिए ।

यसअघि ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । यूएईका कप्तान मोहम्मद वासिमले शतकीय पारी खेले । अलिशान शराफु ३४ र आशिफ ३८ रनको योगदान दिए । ओमानका बिलाल खानले २, शकिल अहमद र जिशान मकसूदले एकएक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर