माओवादी परित्याग गरेका संविधानसभा सदस्य शर्मालाई उपेन्द्र यादवले जसपामा भित्र्याए – Nepal Press

माओवादी परित्याग गरेका संविधानसभा सदस्य शर्मालाई उपेन्द्र यादवले जसपामा भित्र्याए

जनकपुरधाम । नेकपा माओवादी केन्द्र परित्याग गरेका संविधानसभा सदस्य रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित एक समारोहबीच नेता शर्मा जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले अविर लगाएर पार्टीमा स्वागत गरे ।

शर्मा माओवादीका केन्द्रीय सदस्य थिए । उनी पार्टी परित्याग गरेलगत्तै जसपाकै नेताहरु आफ्नो पार्टीमा स्वागत गरेका थिए । तर आज औपचारिक रुपमा उनी जसपामा प्रवेश गरे ।

नेता शर्माले आफू पुरानो घर फर्केको बताए । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका महासचिव थिए । त्यतिबेला फोरम पार्टीको रुप लिइसकेको थिएन, मधेशका अगुवाहरु एउटा संस्थाका रुपमा गठन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर