नौ महिनामा ७ हजार बढी विद्युतीय सवारी साधन भित्रिए – Nepal Press

नौ महिनामा ७ हजार बढी विद्युतीय सवारी साधन भित्रिए

काडमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा ७ हजार ९३ वटा विद्युतीय सवारी साधन आयात भएका छन् ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७ हजार ९३ वटा विद्युतीय कार, भ्यान, जीप तथा मिन र माइक्रो बसहरु आयात भएका हुन् ।

नौ महिनाको अवधिमा १७ अर्ब ८७ करोड ४९ लाख ३ हजार रुपैयाँ बराबरका विद्युतीय कार, भ्यान, जीप तथा मिन, माइक्रो बसहरु आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनामा ५० किलोवाटसम्मका २ हजार ९०२ वटा विद्युतिय कार, जिप र भ्यान आयात भएका छन् । त्यस्तै, ५१ किलोवाट देखि १०० किलोवाटसम्मका ४ हजार ७७, १०१ किलोवाटदेखि २०० किलोवाटसम्म ९३ वटा र २०१ किलोवाट देखि ३०० किलोवाटसम्मका २१ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् ।

त्यसैगरी, ३७ करोड ९९ लाख ३५ हजार रुपैयाँ बराबरको ४९८ वटा विद्युतिय मिन र माइक्रो बस आयात भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर