सत्ता समीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिवद्धतासहित एमालेको परिषद बैठक सम्पन्न (भिडिओ) – Nepal Press

सत्ता समीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिवद्धतासहित एमालेको परिषद बैठक सम्पन्न (भिडिओ)

काठमाडौं । नेकपा एमालेले नयाँ सत्ता समीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

दुइदिनसम्म ललितपुरको गोदावरीमा बसेको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै फाल्गुन २१ गते गठन भएको नयाँ समीकरणप्रति सन्तुष्ट व्यक्त गर्दै समिकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिवद्धता व्यक्त गरेको हो ।

पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

बैठकले दलहरुबीचको नयाँ समिकरणलाई कमजोर बनाउने कुनै काम नगर्न र मुलुकलाई थप अस्थीर र अन्यौल तर्फ ढकेल्ने काम प्रति सजक रहन तथा राष्ट्रियता लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पर्ने काम हुन नदिन आह्वान गरेको उहाले बताए ।

आर्थिक मन्दी, भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको बेथितिका कारण समाजमा देखिएको नैराश्यतालाई चिर्न सरकारलाई आह्वान गरेको उनले बताए । बैठकले भ्रष्टाचारबिरुद्ध सम्झौताहिन ढंगले प्रस्तुत हुन, यसका बिरुद्ध जेहाद छेड्न र कानूनका नजरमा सवै बराबर छ भन्ने कुरा व्यवहारबाट देखाउन सरकारसंग माग गरिएको उपमहासचिव रिमालले बताए ।

त्यस्तै बैठकले सहकारीहरुमा देखिएका समस्या र बेथिति अन्त्यका लागि निष्पक्ष छानविन गरि दोषीलाई कानूनी कठघरामा ल्याइ बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरकारसंग माग गरेको रिमालले जानकारी दिए । यस्तै बैठकले बिभिन्न प्रतिवेदनहरु पारित गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर