विवेकशील साझा पार्टीसहित २१ दललाई सात दिनभित्र लेखापरीक्षण प्रतिवेदन पेश गर्न आयोगको निर्देशन – Nepal Press

विवेकशील साझा पार्टीसहित २१ दललाई सात दिनभित्र लेखापरीक्षण प्रतिवेदन पेश गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीसहित २१ राजनीतिक दललाई एक साताभित्र लेखापरीक्षण प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

आयोगको आइतबार बसेको बैठकले निर्वाचन लेखापरीक्षण सम्बन्धी विषयमा राजनीतिक दललाई निर्देशन दिने र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार आयोगमा दर्ता कायम रहेका राजनीतिक दलमध्ये आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेश गर्ने ८२ राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २०, तोकिएको समयपछि लेखापरिक्षण प्रतिवेदन पेश गर्ने १३ राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एउटा दल गरेर २१ वटा रहेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (५) बमोजिम आयोगमा पेश भएको लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेवसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट एक सातािि भत्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी विवरण आयोगमा पेश गर्न निर्देशन दिएको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयाबधि भित्र बुझाउने तर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलमा मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, राष्ट्रिय समता पार्टी, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी, बहुजन समाज पार्टी, संघीय विकासवादी पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी मुस्कान सेना नेपाल पार्टी, बहुजन एकता पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल समाजवादी काँग्रेस, जनताको जनवादी पार्टी, मितेरी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), नेपाल लोकतान्त्रिक पार्टी रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि व्यतीत भएपछि पेश गर्ने तर लेखापरिक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलमा नेपाली कांग्रेस वीपी रहेको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा एक बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आथिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिना भित्र लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरिसक्नुपर्छ ।

आर्थिक वर्ष २०७७/०७८, २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेश नगर्नेमा तीन राजनीतिक दललाई आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन कानून बमोजिम तोकिएको समयवाधि भित्र किन पेश नगरेको भन्दै स्पष्टिकरण सोधेको छ ।

आयोगले लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा एकको खण्ड (घ) बमोजिम किन कारवाही हुनु नपर्ने हो ? भन्ने व्यहोराको आफ्नो सफाईसहितको स्पष्टीकरण ऐनको दफा ५४ को उपदफा आठ बमोजिम पेश गर्न सात दिनको समयावधि दिई पत्राचार गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८, २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेश नगर्ने राजनीतिक दलमा आम आदमी पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक रहेका छन् ।

त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेश नगर्ने देहाय ६ वटा, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने एउटा, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि व्यतित भएपछि पेश गर्ने १३ र आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने १५ राजनीतिक दलसमेत गरे ३५ राजनीतिक दललाई पनि स्पष्टिकरण सोधिएको छ ।

ति दललाई आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन कानून बमोजिम तोकिएको समयवाधि भित्र किन पेश नगरेको हो ? लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारवाही हुनु नपर्ने हो ? भन्ने व्यहोराको आफ्नो सफाईसहितको स्पष्टीकरण ऐनको दफा ५४ को उपदफा आठ बमोजिम एक साता भित्र पेश गर्न पत्राचार गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेश नगर्ने राजनीतिक दलमा गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि व्यतित भएपछि पेश गर्ने राजनीतिक दलमा नेपाली कांग्रेस विपी, नेपाल कम्युनिष्ट पार्टी (माक्सबादी), समावेशी समाजवादी पाटी, बहुजन शक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सदभावना पार्टी, जय जन्मभूमि पार्टी, तराई-मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशिल पार्टी, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, राष्ट्रिय सद्भावना पार्टी, नेपाल नौलो जनवादी पार्टी, पुनर्जागरण पार्टी रहेका छन् ।

आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दलमा चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, शिव सेना नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), राष्ट्रवादी एकता पार्टी, राष्ट्रिय एकता मञ्च, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल मातृभूमि पार्टी, माओवादी कम्युनिष्ट पार्टी, नेश्नलिष्ट पिपल्स पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, देशभक्त लोकतान्त्रिक पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रवादी केन्द्र रहेका छन् । यस्तै आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदनसम्म पेश नगर्ने राजनीतिक दलमा समाजवादी केन्द्र नेपाल रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर