हीरक महाेत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकले सम्मान गर्ने एमालेकाे निर्णय (भिडिओ) – Nepal Press

हीरक महाेत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकले सम्मान गर्ने एमालेकाे निर्णय (भिडिओ)

काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रस्ताव प्रस्तुत गरिएको थियो । जसमा प्रतिनिधि परिषद् सदस्यहरुले सहमति जनाएका हुन् । प्रस्ताव पार्टीका तर्फबाट परिषद् बैठकको अध्यक्षता गरेका पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए ।

प्रस्ताव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुरयाएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए ।

नेकपा एमालेले सोमबार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछ ।

यस्तो छ पोखरेलको भनाइः

हामीले महत्वपूर्ण ढंगले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनुभएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिनुभएका त्यस्ता व्यक्तिहरुलाई सम्मान हाम्रो घोषित योजना थियो ।

त्यही योजनाको आधारमा हामीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट पार्टीका पूर्वउपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतिपूर्ण अवस्थामा उहाँले महत्वपूर्ण ढंगले भुमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउँ ।

यहाँहरु समक्ष यो प्रश्ताव राख्न चाहन्छु । हामी पार्टीको तर्फबाट भोलि हिरक जयन्ती महोत्सवमा सम्मान गरिने महत्वपूर्ण व्यक्तिको रुपमा आदरणीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्युलाई यो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको प्रश्तावको रुपमा हामी अघि बढाउँछौँ । निर्णयको रुपमा यसलाई अघि बढाउँछौँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर