सीजीले सार्वजनिक गर्‍यो नेपालमै एसेम्बल हुनेगरी हिरो मोटोकर्पसका चार उत्पादन – Nepal Press

सीजीले सार्वजनिक गर्‍यो नेपालमै एसेम्बल हुनेगरी हिरो मोटोकर्पसका चार उत्पादन

काठमाडौं । दुई पांग्रे सवारीको उत्पादन र बिक्रीमा आक्रामक व्यापार बढाउँदै गरेको सीजी मोटर्सले हिरो मोटोकर्पसको सहकार्यमा चार लोकप्रिय उत्पादन सार्वजनिक गरेको छ ।

नेपालका लागि हिरो मोटोकर्पस आधिकारिक विक्रेता सीजी मोटर्सले आइतबार हिरोका चार विश्वव्यापी लोकप्रिय उत्पादन एक्स-पल्स २०० फोर भी, स्पिलेण्डर, स्पिलेण्डर प्लस र जुम १०० स्कुटर सार्वजनिक गरेक हो । अब यी चार वटा उत्पादनलाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले घोषणा गरेको छ ।

हिरो मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा एसेम्बली प्लान्टको उद्घाटनसमेत गरिसकेको छ ।

कम्पनीका अनुसार एसेम्बल प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुनेछ । यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्दैछ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्न हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर