पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास पाएन: बाबुराम भट्टराई (भिडिओ) – Nepal Press

पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास पाएन: बाबुराम भट्टराई (भिडिओ)

रूपन्देही । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालका पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

आइतबार बुटवलमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा उनले छिमेकी देशको योजनामा दलहरू अगाडि बढ्दा समस्या आएको बताएका हुन् ।

अहिलेको निर्वाचन प्रणालीबाट देशले निकास नपाउने भन्दै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष भट्टराईले अहिलेको गठबन्धन केबल ठगबन्धन भएको र यसका कुनै आयु नभएको बताए ।

‘हाम्रो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढता लिएको छु, नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी हुने भएकाले हामीहरु नेपालमुखी बनाउनेतर्फ लागेका छौं’, उनले भने, ‘राजनीति भनेको देश लुट्ने हो भन्ने बनाइयो, चुनावलाई महँगो बनाउने र त्यसको नाममा भ्रष्टाचार गर्ने यो देशका लागि घातक बनेको छ ।’

बेरोजगारी बढेको र उद्योग व्यवसाय धराशायी बनेको सबै राजनीतिक कारण नै भएको उनले जिकिर गरे ।

भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न लोकपाल बनाउनुपर्ने उनको माग छ । ‘सरकारले उठाएका फाइलहरु कुनै टुङ्गोमा पुर्‍याउन सकेको छैन, कसैलाई तर्साउने र कसैलाई बचाउने खेल चलेको छ, अधिकारसहितको लोकपालबाट मात्रै यो समाधान गर्न सकिन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर